४ अंकले घट्यो नेप्से, ४७ करोडको कारोबार

काठमाडौं, १९ साउन । आइतवार नेप्से परिसूचक ४.२० अंकले घटेर १ हजार २ सय ५८.६४ अंकमा झरेको छ ।

कारोबारमा आएका मध्ये वित्त र लघुवित्त समुहबाहेक अन्य सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक घटेको हो ।

आइतवार सबैभन्दा धेरै सूचक सामुहिक लगानी कोषको घट्यो । सामुहिक लगानी कोषको सूचक ०.९२ अंकले घट्यो । त्यस्तै जलविद्युतको ०.८७ प्रतिशत, उत्पादन क्षेत्रको ०.७४ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ६९ कम्पनीको १४ लाख ६७ हजार ४ सय ६४ कित्तो शेयर किनबेच हुँदा ४७ करोड ४१ लाख ५१ हजार रुपैयाँको कारोबार भयो ।

आईतवार सबैभन्दा धेरै स्वरोजगार लघुवित्त वितीय संस्था र स्पर्श लघुवित्त वितीय संस्थाका शेयर धनीले कमाय ।

स्वरोजगार र स्पर्शको शेयर मूल्य १० प्रतिशतले बढयो । त्यस्तै स्वाभिमान लघुवित्तको ९.९९ प्रतिशत, सर्पोट लघुवित्तको ९.९४ प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन जलविद्युतका शेयर धनी रहेका छन् । हिमालयनको शेयर मूल्य ५.०५ प्रतिशतले घट्यो । त्यस्तै, इन्फिनीटि लघुवित्तको ४.८७ प्रतिशत, सामुदायीक लघुवित्तको ४.७४ प्रतिशतले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल बैंक लिमीटेड रहेको छ । बैंकले आइतवार ५ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here