ग्लोबल आईएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्र ढकालले लिए सपथ

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले सपथ लिएका छन् । ढकाल गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपल लिएका हुन् ।

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले एकीकृत काराेबार सुरू गरेका छन् । मर्जरपछि साेमबार एक कार्यक्रम आयाेजना गरेर ग्लाेबल आइएमई बैंककाे नामबाट एकीकृत काराेबार सुरू गरेका हुन ।

गत असारमा मर्जर सम्झौता गरेका बैंकले चार महिनापछि एकीकृत काराेबार सुरू गरेका छन् । दुवै बैंकबीच १:१काे सेयर अनुपातमा मर्जरमा जाने सहमति भएकाे थियाे । साेही अनुसार मर्जर गरेर एकीकृत काराेबार गरेका गरेका हुन् ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here