६८ जना यात्रु सवार यति एयरको जहाज पोखरामा दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको छ। काठमाडौंबाट पोखराका लागि गएको यति एयरलाइन्सको 9N-ANC एटीआर जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो।

पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकोले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उक्त जहाजमा चालक दलका सदस्यसहित ६८ जना यात्रु रहेको कास्की प्रहरीले जनाएको छ।

विमानस्थलमा आगोको ठूलो मुस्लो देखिएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here