पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान बन्द

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।

विमानस्थलका सबै फायर भेइकल उद्धारका लागि पठाएका कारण आज पोखराका लागि निर्धारित गरिएका सबै उडानहरु रद्ध गरिएको बताए ।

आज बिहान १०.२५ मा काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।