राष्ट्रिय सहकारी बैंक १७ औं वर्षमा प्रवेश, २८ अर्ब निक्षेप संकलन

काठमाडाैं, २० साउन । नेपालमा स्थापना भएका सम्पूर्ण सहकारी संघ/संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गर्नका लागि खोलिएको राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले श्रावण १९ गते बैंकका ४४ वटै शाखा कार्यलयहरुबाट एकै दिनमा आप्mनो स्थापना तथा सेवा शुभारम्भ दिवस मनाएको हो ।

सहकारी क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरीएको देश भरीको सहकारीहरुको एक मात्र यस बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरू बीच २०६१ साउन १९ गतेदेखि कारोवार गर्दै आएको छ ।

बैंकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, बिषयगत जिल्ला सहकारी संघहरू, सबै प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरूसमेत गरी देशभरका ११ हजार भन्दा बढी सहकारी संघ र संस्थाहरु शेयर सदस्य रहेका छन् ।

बैंकमा हालसम्म नेपाल सरकारको १ करोड सहित कूल शेयर रकम रु. १ अर्ब ५७ करोड, निक्षेप २७ अर्ब ९७ करोड, तथा कर्जा १९ अर्ब ४० करोड रहेको छ । बैंकका हाल ४४ वटा शाखा कार्यालयहरू स्थापना भई सञ्चालनमा छन् ।

ग्रामीण क्षेत्रमा समेत कारोवार एवं अन्य सेवाको पहुँच बृद्धि गर्नका लागि शाखा विस्तार गर्दै लैजाने बैंकको नीति अनुरुप अन्य दुर्गम जिल्लाहरूमा समेत शाखा, उपशाखा तथा शाखारहित सेवा जस्ता उपाय अपनाउने क्रममा सहकारी विभाग तथा नेपाल राष्ट्र बैंक सँग स्वीकृति लिने प्रक्रिया अगाडि बढाइएको बैंकले बताएको छ ।

स्थापना दिवसको अवसरमा बैंकले सहकारीका लागि विद्यमान कानुन: अवसर र चुनौती विषयक गोष्ठी पनि सञ्चालन गर्यो ।

प्राय राजधानी केन्द्रीत हुने कार्यक्रमलाई शाखा स्तरमा सञ्चालन गर्ने कार्यले देशभरका सहकारीकर्मीहरुबीच सहकारीका कानुन र अन्य कानुनहरुबीचमा रहेका समस्याका बारेमा अवगत हुनुका साथै ती कानुनहरुलाई परिमार्जन गरी सहकारी मार्फत कृषि, पर्यटन, उर्जा लगायत विकास तथा पूर्वाधारका महत्वपूर्ण क्षेत्रमा लगानी गर्न र व्यवसाय सञ्चालन गर्न उपयुक्त कानुनी वातावरण सिर्जना गर्न प्रेरित गर्ने उदेश्यले देशव्यापी अभियानको सुरुवात गरीएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here