पर्यटन मन्त्रीको प्रथामिकता-‘कर्मचारी कटौतीदेखि निगमको सुधारसम्म’

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बताएका छन् ।

पर्यटन मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका हुन् । उनले तीव्र गतिमा आयोजना निर्माण हुने बताए ।

यस्तै, उनले नेपाल वायुसेवा निगमको सुधार गर्न बाघको घोडा चढ्नु जस्तै भएको टिप्पणी गरे । उनले निगमको सुधार गर्न बाघको घोडा चढ्ने बताए ।

यस्तै, मन्त्रालयमा पदबहाली गर्दै किराँतीले खादा नलगाउने र पर्यटन मन्त्रालयका कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरे ।

उनले सगरमाथा, लुम्बिनी र पशुपतिमा पर्यटक भित्राउन प्रवर्द्धन गर्ने बताएका छन्। ‘सगरमाथा, लुम्बिनी र पशुपति हाम्रा सम्पदा हुन्। विश्वमा कसैले पनि यसलाई फोटोकपी गर्न सक्दैन’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here