धेरै ब्याज लिन प्रधानमन्त्रीले नै सुझाए पछि

उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुहोस्, ब्याजदरमा लचिलो हुनुहोस्: प्रम ओली

क्लाउडपत्रिका
काठमाडौ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिलासी वस्तुमा लगानी कम गर्न र धेरै ब्याज लिन सुझाएका छन् ।

सनिवार बालुवाटारमा उनीसँग भेट्न गएको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको निजीक्षेत्रको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले भने – सबैभन्दा बढी कृषिमा लगानी गर्नुहोस र सबभन्दा कम ब्याज उठाउनुहोस । विलासिताका वस्तुमा लगानी कम गर्नुहोस अनि बढी ब्याज लिनुहोस् ।

प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिएका छन् । ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस,’ उनले भने ।

उनले चर्को ब्याजदरको सरकारले नियमन गर्ने बताएका छन् ।

व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिंदै उनले भने, ‘बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त हुदैन । यसमा सरकारले नियमन गर्छ ।’

बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन पनि उनले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे ।सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको उनको भनाइ छ ।

महासंघको टोलीले बैंक तथा वित्तीय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीसँग साक्षात्कार गरेको महासंघ अध्यक्ष भवानी राणाले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here