नेपाल आईसीसी टि ट्वान्टि बरियताको ११ औं स्थानमा, पहिलोमा कुन ? (तालिका सहित)

काठमाडौं, २० साउन । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भर्खरै सार्वजनिक गरेको टि ट्वान्टिको र्याङ्किङ्ग अनुसार नेपाल आईसिसि टि ट्वासन्टको ११ स्थानमा परेको छ ।

आईसिसिले ८० वटा देशको र्याकिङ्कङ्ग सार्वजनिक गरेको थियो । जस अनुसार नेपाल २ सय १२ अंकसहित असोसियट राष्ट्रहरुको तर्फबाट सबैभन्दा उच्च स्थानमा रहेको छ ।

तालिकाको प्रथम स्थानमा पाकिस्तान रहेको छ । प्रथम स्थानमा रहेको पाकिस्तानको २ सय ८३ अंक रहेको छ । त्यस्तै ताकिाको दोस्रो स्थानमा रहेको इङ्ल्याण्डको २ सय ६६ अंक छ ।

तेस्रो, चौथो र पाचौं स्थानमा दक्षिण अफ्रिका, अष्ट्रेलिया र भारत रहेको छन् । उनीहरुको अंक क्रमश २ सय ६२, अष्ट्रेलियाको २ सय ६१ र भारतको २ सय ६० रहेको छ ।

तालिकाको अन्तिम अथवा ८० औं स्थानमा शून्य अंकसहित चीन रहेको छ ।

हेर्नुहोस् तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here