चीनले आफ्ना नागरिक घुम्न जान खुला गर्‍यो २० मुलुक, नेपाल परेन

काठमाडौं, १३ माघ । चीनले कोरोना भाइरसको महामारी फैलिएपछि आफ्ना नागरिकलाई विदेश भ्रमणमा जान अनुमति दिँदैछ । ६ फेब्रुअरीबाट चिनियाँ नागरिकहरु भ्रमणमा निस्कन पाउनेछन् ।

यसरी भ्रमणमा निस्कने पाउने मुलुकको सूचि सो मुलुकको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको छ । जसमा नेपाल भने अटाएको छैन । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले २० जनवरीमा एक सूचना प्रकाशित गर्दै निकालेको चिनियाँ नागरिकहरु आउटबाउण्ड टूरिजममा जान पाउने देशको सूचीमा नेपाल समावेश नभएको हो ।

चिनियाँ पर्यटन मन्त्रालयले ६ फेब्रुअरी २०२३ बाट राष्ट्रिय ट्राभल एजेन्सी र अनलाइन ट्राभल कम्पनीहरुलाई चिनियाँ नागरिकका लागि सम्बन्धित मुलुकमा आउटबाउण्ड ग्रुप टूर, एयर टिक र होटेल व्यवसाय सञ्चालनको अनुमति दिइएको छ ।

साथै ती कम्पनीहरुलाई आफ्ना उत्पादन, प्रचार प्रसार र प्रवद्र्धन गर्न समेत खुला गरेको छ । चीनले थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, यूएई, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीट्जरल्याण्ड, हंगेरी, न्यूजील्याण्ड, फिजी, क्युबा र अर्जेण्टिनामा मात्र जान अनुमति दिएको छ । यसले चीनबाट हुने ठूलो पर्यटक आगमन प्रभावित हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here