६५ नाघेका व्यक्ति बैंकको सीइओ र ७० नाघेका सञ्चालक बन्न नपाउने

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरीएको एकिकृत निर्देशन २०७५ को विभिन्न बुँदाहरुमा संशोधन, परिमार्जन र नयाँ व्यवस्था थप गरेको छ ।

बैंकले सोमबार नयाँ निर्देशिका जारी गरेको हो । जारी गरेको निर्देशिका अनुसार ६५ वर्ष उमेर नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैनन् ।

त्यस्तै नयाँ व्यवस्था लागु भएपछि ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन पाउने छैन ।

बैंकले २०७५ मा जारी गरेको निर्देशिका नं ६ को बुँदा नम्बर ४ मा नयाँ उपबुँदा थप गरेर यस्तो व्यवस्था गरेको हो । यस अघि उमेर हदको व्यवस्था रहेको थिएन ।

त्यसैगरी इजाजत प्राप्त संस्थाको सञ्चालक पदमा ७० वर्ष नाघेको व्यक्ति नियुक्त वा मनोनित हुन पाउने छैनन् भने ७४ वर्ष नाघेको व्यक्ति सञ्चालक पदमा बहाल रहन पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here