सवारी नियम उल्लंघन गर्ने २५९ सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

फाइलफोटो

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्ने २५९ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।

सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लंघन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमती पत्र मध्ये ३६, ३०, २८,१९, १८ र १७ पटक १ -१ जना, २३, २० र १६ पटक २-२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११-११ जना, १४ पटक ५ जना, १३ पटक ९ जना, १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना, र ६ पटक ८१ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका थिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको लाइसेन्स निलम्बन हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here