त्रिभुवन विमानस्थलबाट एक वर्षमा ७९ लाख ५४ हजार यात्रु आवत-जावत

१७ माघ, काठमाडौं । नेपालको सबैभदा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक वर्षमा ७९ लाख ५४ हजार ४८० यात्रु आवतजावत गरेका छन् । यसमा आन्तरिकतर्फ अहिलेसम्मकै धेरै यात्रुले यात्रा गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ जना यात्रुले उडान सेवा लिएका छन् ।

सन् २०२१ मा आन्तरिकमा ३५ लाख ७६ हजार ८८३ जना यात्रुले यस विमानस्थलबाट सेवा लिएका थिए । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ ।

कार्यालयका अनुसार सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो । तथ्यांक अनुसार सन् २०२२ मा अन्तर्राष्ट्रिय तर्फे त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ ।

१९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यहाँ एक वर्षमा २४ हजार ३१२ वटा उडान–अवतरण भएको आंकडा छ । १२ हजार १५८ पटक जहाजहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् भने १२ हजार १५४ पटक जहाजहरु यहाँबाट उडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here