चर्चित एप टिकटकले आफ्नै ब्राण्डको स्मार्टफोन ल्याउँदै

काठमाडौं, २० साउन । छोटो समयमा अत्यधिक लोकप्रिय बन्न सफल चर्चित चिनियाँ भिडियो सेयरिङ्ग एप टिकटकले बजारमा आफ्नै ब्राण्डको स्मार्टफोन ल्याउने भएको छ ।

टिकटकको निर्माण कम्पनी बाइटडान्सले यस्तो घोषणा गरेको हो । टिकटकले आफ्नै लगानीमा ल्याउने स्मार्टफोन पनि बजारमा टिकटक ब्राण्डमै उपलब्ध हुनेछन् ।

हाल धेरै मानिसहरुको सोजाईमा परेको टिकटकको ५० करोड भन्दा धेरै प्रयोगकर्ता छन् । यस एपमा १५ सेकेन्डको भिडियो अपलोड गर्ने गरिन्छ ।

प्ले—स्टोरबाट हालसम्म १०० करोड पटक टिकटक एप डाउनलोड भइकेको कम्पनीले बताएको छ ।

बाइटडान्स सँग टिकटक बाहेक अन्य धेरै प्रकारका भिडियो र समाचारहरुसँग आधारीत एपहरु छन् । जसमा स्ल्याक, फ्लिपच्याट, टोटियो आदी रहेका छन् । बाइटडान्सको सबैभन्दा चलेको एपमा टिकटक नै हो ।

चीनको आर्थिक पत्रिका ‘जिनजियाङ’ का अनुसार यस कम्पनीको स्मार्टफोन सात महिनाभित्र बजारमा आउने सम्भावना उच्च छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here