‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’मा स्मृति र अमृत उत्कृष्ट

क्लाउडपत्रिका
काठमाडौं, ४ फागुन । ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायिकाको अवार्ड स्मृति गौतमले प्राप्त गरेकी छिन् । लोकदोहोरी गायिका गौतमले शुक्रबार कतारमा सम्पन्न एक कार्यक्रममा सो अवार्ड प्राप्त गरेकी हुन् ।

टंक केसी र मिरा घिमिरेको म्युजिक रहेको स्मृतिको ‘घर त ठिमी’ बोलको गितका लागि उनले सो अवार्ड हात पारेकी हुन् । हिमालयन इभेन्टस र जनसवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्टर्न प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।

स्मृतिका ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, जस्ता चर्चित गीत बजारमा उपलब्ध छन् ।
स्मृति केहीदिन अघि मात्र नेपालमा ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी थिइन् । ‘पानबुट्टे चोली’ नामक गितबाट उनले सर्वाेत्कृष्ट काँठे गायिकाको अवार्ड हात पारेकी थिइन् ।

त्यस्तै, उत्कृष्ट गायकको अवार्ड अमृत खातीले प्राप्त गरेका छन् । विषम गौतमको शब्द र सिर्जु अधिकारीको सङ्गीतमा रहेको ‘झुम्के बुलाकी’ गीतका लागि उनले सो अवार्ड पाएका हुन् ।

गायक खातीका ओके छ त, झुम्के बुलाकी, हाम्रै कालिन्चोक, जुनतारा, बिउ खायो किरैले लगायतका विभिन्न गितहरु बजारमा छन् ।

कतारका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवार्ड कार्यक्रममा रञ्जित परियार ,सरस्वती लामा, भूमिका गिरी, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामालगायत कलाकारले अवार्ड हात पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here