आइएमइ लाइफ इन्स्योरेन्सको ‘२१ घातक रोग विरुद्ध रक्षावरण’ योजना

काठमाडौं, २१ साउन । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले ‘२१ घातक रोग विरुद्ध रक्षावरण’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन ।

उक्त योजना सार्वजनिक भए सँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कुरा कम्पनीले जनाएको छ ।

यस योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरीएको छ ।

दावी भुक्तानी माग गर्दाको अवस्थामा स्वास्थ्य उपचारको रसिद पेश गर्नुपर्ने झन्झटबाट मुक्तहुने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले जानकारी दिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here