फागुनदेखि हेटौंडा-भीमफेदी-काठमाडौं आउने सडक बन्द, यी हुन् वैकल्पिक मार्ग

काठमाडौ । सडक निर्माणलाई तीव्रता दिन आगामी फागुन १ देखि २ महिनासम्म हेटौंडाबाट भीमफेदी काठमाडौं आउने छोटो दूरीको मार्ग बन्द हुने भएको छ ।

बाग्मती प्रदेश सरकारले हेटौंडाबाट काठमाडौं आउन प्रयोग हुने भैंसे–भीमफेदी र हुमाने–फर्फिङ खण्ड, त्यसैगरी सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको कामलाई अघि बढाउने निर्णय गरेको छ ।

उक्त सडक खण्ड बन्द रहिन्जेल हेटौंडाबाट काठमाडौं आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी खण्डलाई वैकल्पिक सडकका रुपमा तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here