टर्की भूकम्पमा मृतकको संख्या ७ हजार नाघ्यो, १० प्रान्तमा आपतकाल

एजेन्सी । टर्की र सिरियाको सिमानामा गएको भूकम्प ७ हजार बढीको मृत्यु भएको छ । टर्कीमा ५ हजार ८ सय ९४ जना र सिरियामा१ हजार ९ सय ३२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । कयौं मानिस बेपत्ता भएका छन् ।

टर्कीले दक्षिणी भेगको १० वटा प्रान्तमा आपतकाल घोषणा गरेको छ । सोमबार दुई देशको सिमानामा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प र त्यसपछि ७ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।

टर्कीले दक्षिणी भेगको १० वटा प्रान्तमा आपतकाल घोषणा गरेको छ । सोमबार गएको भूकम्पमा परेर झण्डै ६ हजार जनाको मृत्यु भएकाले भूकम्प प्रभावित १० वटा प्रान्तमा ३ महिनाको लागि आपतकाल घोषणा गरिएको राष्ट्रपति रेसेप तायप इर्दोगानले बताएका छन् ।

उनले अहिलेसम्म विभिन्न ७० भन्दा धेरै देशबाट उद्धार र राहतमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका समेत जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here