कृषि विकास बैंकको खुद नाफा ४ अर्ब ३५ करोड

काठमाडौं, २१ साउन । कृषि विकास बैंकले आफ्नो वित्तीय अवस्थालाई धेरै सुधार गरी सबल बनाएको तथ्यांक सार्वजनिक गरेकाे छ ।

बैंकको आर्थिक वर्ष २०७५/७६ अन्त सम्मको प्रकाशित तथ्यांक अनुसार बैंकको निक्षेप करिब रु. १ खर्व १९ अर्व तथा कर्जा लगानी १ खर्ब १० अर्ब पुगेको छ ।

सोही अवधिमा बैंकको पुँजी कोष २०.३३ प्रतिशत, निस्क्रिय कर्जा २.९ प्रतिशत, इक्विटीमा प्रतिफल १७.३५ प्रतिशत तथा प्रतिसेयर आम्दानी करिब ४४.६६ रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा कर पछिको खद नाफा ४ अर्व ३५ करोड आर्जन गरी एतिहासिक प्रगति गर्न सफल भएको जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्षसंग तुलना गर्दा खुद नाफामा करिब २० प्रतिशतले बृद्धि भएको छ भने वितरण योग्य नाफामा करिब ८ प्रतिशतले बृद्धि भएको बैंकले बताएको छ ।

बैंकले अझै उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध भएको बताउँदै विस्तारीत, सघन, दिगो एवं पु्रडेन्ट बैंकिङ तथा सामाजिक अभिमुखीकरण सहितको बैंकिङ सेवालाई आधारभूत सिद्धान्तको रुपमा ग्रहण गर्दै कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताएको छ ।

दुर्गम क्षेत्रमा बसोबास गर्ने आम नेपालीलाई समेत आधुनिक बैंकिङ्गका हरेक सेवाहरुबाट लाभान्वित हुने गरी शाखा विस्तार गरेको बैंकले जानकारी दिएकाे छ ।

हाल बैंककाे २७४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।