ग्याँसको मूल्य २५ रुपैयाँ घट्यो,अब प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ

काठमाडौं २१, साउन । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी ग्याँसको मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको छ । निगमले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसाका दरले बढेको छ ।

नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ पर्नेछ । यस्तै, खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

भारतिय आयल निगम(आइओसी)ले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here