हाइकिङ टीप्स : यसरी उठाउनुहोस भरपुर आनन्द

काठमाडौं उपत्यका र यस आसपासका डाँडा काडाँ एक दिने हाइकिङका लागि सबैभन्दा उपयुक्त गन्तब्य हुन् । किनकी छोटो समयकै हिडाईमा अधिक कोलाहल, प्रदुषण र भीडभाड छाडी हामी सुन्दर, सफा र शान्त स्थानमा पुग्छौं । आज हामी हाइकिङमा रमाइरहेको युवा पुस्ताका लागि केही टीप्स पस्कने छौं, जसले हाइकिङ रोमाञ्चक र यादगार पनि बन्ने छ ।

# आफ्नो फिटनेशको अवस्था हेरि गन्तब्य तय गर्नुहोस, ताकी गन्तब्य नपुगी फर्कनु पर्यो भने त्यो दिनको यात्रा नै खराब रह्यो ।

# तपाई जहाँ जाँदै हुनुहुन्छ, तपाईको समूहमा कसै न कसैले त्यो रुटबारे जानकारी राखेको हुनुपर्छ । हाइकिङ जंगल र प्रकृतिमा नै बढी हुन्छ । त्यसकारण रुटबारे जाने गल्ती नगर्नुहोस, हराउने, जगली जनावरले आक्रमण गर्ने जोखिम रहन्छ ।

# मौसमको राम्रो जानकारी लिएर मात्र यात्राको योजना बनाउनुहोस । त्यसबेला आवश्यक सरसामानको जोहो गर्न बिर्सनु हुँदैन ।

# तपाई कहाँ जाँदै हुनुहुन्छ ? घरपरिवार या साथि भाईलाई त्यसबारे जानकारी गराउनुहोस । त्यस स्थानका राम्रा नराम्रा पक्षबारे अरु जानकारी हुन सक्छन् । तपाईलाई उपयुक्त सुझाव मिल्न सक्छ ।

# नक्सा, सन ग्लास, सन प्रोटेक्सन क्रिम, तयारी खाना, चकलेट, पर्याप्त पानी, इमर्जेन्सी सेल्टरका लागि म्याटजस्ता सामान बोक्नुहोस । ताकी आपतकालिन समयमा पनि तत्काल कुनै समस्याको सामना गर्नु नपरोस

# हिड्नका लागि उपयुक्त प्रकारका जुत्ता र कपडा रोज्नुहोस ।

# पर्याप्त समय लिएर जानुहोस

# हतार गरी यात्रामा ननस्किनुहोस, हतारमा यात्राको भरपुर आनन्द उठाउन सक्नु हुन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here