चन्द्रगिरि हिल्समा छुट सुविधा, आइएमई पे र चन्द्रागिरि हिल्सवीच सम्झौता

काठमाडौँ, १ फागुन । आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एपमार्फत काटेमा चन्द्रागिरि हिल्समा रहेका विभिन्न राइडमा छुट पाउने भएका छन् । यस सुविधाका लागि आइएमई पे र चन्द्रागिरि हिल्सवीच सम्झौता भएको छ ।

सीमित समयको लागि मात्र लागु भएको यस अफरमार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै हरेक दिन एक भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउने बताइएको छ । यो सुविधा टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।

साथै, यी दुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर र ‘फील द एयर’ पनि सार्वजनिक भएको छ । यसअन्तर्गत फाल्गुन १ सोमबारसम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने पाँच भाग्यशाली विजेताले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनरको अवसर पाउने छन् ।

आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here