भृकुटीमण्डपमा ‘घरेलु उद्योग महोत्सव’, अवलोकनकर्ता न्यून (फोटोफिचर)

काठमाडौं । राजधानीमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौँ प्राङ्गारिक कृषि मेला जारी छ।

काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि सुरु भएको मेला ६ गतेसम्म चल्नेछ। मेलामा करिब दुई लाखले अवलोकन गर्ने र आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

मेलामा लघु घरेलु तथा साना उद्यमीहरुद्वारा उत्पादित एवं छरिएर रहेका मौलिक वस्तुहरु, कृषि उपजहरु, उपयुक्त एवं नविन प्रविधिहरु, सार्क मुलुक र चीनमा उत्पादित औद्योगिक वस्तुहरु, विकास साझेदारहरुका कार्यहरु, बैंक तथा वित्तीय संस्थालगायत व्यावसायिक विकास सेवा प्रदायकहरुको प्रदर्शनी गरिएको छ।

मेलाको तेस्रोदिन अवलोकन गर्नेको संख्या न्यून नै देखिएको छ । बिदाको दिन नभएर हो कि सोचे अनुरुप मानिसहरुको आगमन नदेखिएको बीएस् लोकल स्टलको बजार व्यवस्थापक विमला सुनुवारले बताइन् ।

हामीहरुको लागि यो प्रदशनी महंगो नै पर्ने भो व्यापारनै छैन् ४० हजार भाडा तिर्नुपर्छ उनले क्लाउड पत्रिकासँग भनिन् । अन्य स्टालका गुनासो पनि उस्तै नै रहेको छ भने कयौ स्टलहरु खाली नै भैसकेका छन् ।

अवलोकनमा आउनेहरु पनि सामान महंगो भनेर खुशी देखिएनन् ।

अवलोकनकर्ता दिपक घिमिरेले भने प्रदर्शनी भनेपनि सस्तो होला ठानेको त पसलको भन्दा मंहगो नै लाग्यो । लोकल कालोदालको प्रतिकेजी २५० सम्म पर्ने रैछ । अन्य सामानको भाउ पनि बजारतिरको भन्दा खासै फरक नदेखिएको भन्दै उनले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here