बैंकहरूकाे नाफा २५ प्रतिशत घट्ने, स्प्रेड परिमार्जनमा बैंकर्सकाे आपत्ति (विज्ञप्ती सहित)

काठमाडौं, २२ साउन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) गणना विधि (शुत्र) परिमार्जन गरेकोमा बैंकर्स संघले आपत्ति जनाएको छ ।

अहिलेकै अवस्थामा नयाँ व्यवस्ता लागु भए बैंकको नाफा करिब २५ प्रतिशतले घटने भन्दै संघले विमति जनाएको हो । बुधबार बसेको बैंकर्स संघको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था भन्दै सोमबार स्प्रेड गणना, बैंकास्योरेन्समा बन्देज लगायत विविध विषय कार्यान्वयनका लागि निर्देशन जारी गरेको थियो ।

सो निर्देशनले बैंकको मुनाफा र व्यवसाय विस्तारमा प्रत्यक्ष असर परेको भन्दै संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘परिपत्रमा उल्लेख भएका केही बुँदाहरुले समग्र अर्थतन्त्र तथा बैकिङ क्षेत्रमा दीर्घकालीन रुपमा नकारात्मक असर पार्ने देखिएकाले संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । यसकारण ती बु“दाहरु परिमार्जन गर्न पनि संघले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ति ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here