एक वर्षमा मोबाइल बैकिङका ३० लाख ग्राहक थपिए, कुल ग्राहक संख्या ७० लाख पुग्यो

काठमाडौं २३, साउन । गत एक वर्षमा मोबाइल बैकिङ प्रयोगकर्ता ग्राहकको संख्या करिब ३० लाख थपिएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।

गत जेठसम्म बैंक तथा वित्तीय संस्थामा कुल मोबाइल बैकिङ प्रयोगकर्ता ग्राहक संख्या ६९ लाख ९८ हजार ९ सय २४ छ । गत वर्षको तुलनामा यो करिब दोब्बरले बढी हो । ०७५ जेठसम्म यस्तो ग्राहक संख्या करिब ३९ लाख ९९ हजार ८ सय ३ थियो ।

यो बीचमा बैंक तथा वित्तीय संस्थाका थुप्रै शाखा विस्तार भएका छन् । शाखा विस्तारले नयाँ व्यक्तिलाई बैकिङ प्रणाली भित्र ल्याएको छ । यसकारण सो अवधिमा मुबाइल बैकिङका प्रयोगकर्ता पनि बढेको जानकारहरु बताउँछन् ।

गत जेठसम्मका मोबाइल बैकिङ ग्राहक करिब ७० लाख पुगेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्र ६३ लाख ४१ हजार ६ सय १७ ग्राहकलाई मोबाइल बैकिङ सुविधा दिएका छन् । यस्तै, विकास बैंकले ६ लाख ३४ हजार ७ सय ५१ र वित्त कम्पनीले २२ हजार ५ सय ५६ जनालाई मोबाइल बैकिङ सेवा दिइरहेको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो १२ महिनामा मोबाइल बैकिङका ग्राहक करिब दोब्बर भएसके पनि इन्टरनेट बैकिङका उल्लेख छ । सोही अवधिमा एटीएम संख्या ३ हजार १ सय ८८ पुगेको छ । यस्तै, डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार ४ सय २७ पुगेको छ । गत वर्ष डेबिट कार्डको संख्या ५२ लाख ७ हजार थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here