१० अंकले घट्याे नेप्से, ४५ कराेडकाे काराेबार

काठमाडौं, २३ साउन । बिहीबार शेयर बजार मापक परिसूचक नेप्से ९.९२ अंकले घटेर १ हजार २ सय २८.५६ अंकमा झरेको छ ।

बुधबार २.८६ अंकले बढेको नेप्से बिहीबार फेरि ठूलो अंकले घटेको हो । बिहीबार कारोबारमा आएका सबै समुहको सूचक घटेको छ ।

आइतवार सबैभन्दा धेरै सूचक सामुहिक लगानी कोषको घट्यो । बैंकको ५.५४, जलविद्युत ३१.३५, होटेल २०.८३, विकाश बैंक ८.१५, जीवन बीमा २६.५५ , निर्जीवन बीमा ७५.४३ अंकले घटे ।

बिहीबार १ सय ६६ कम्पनीको १८ लाख ७७ हजार ५ सय ४२ कित्तो शेयर किनबेच हुँदा ४५ करोड ४६ लाख २९ हजार रुपैयाँको कारोबार भयो ।

बिहीबार सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाए । सपोर्टको सेयर मुल्य ५.७१ प्रतिशतले कमाए । स्वरोजगार लघुवित्त वितीय संस्था र स्पर्श लघुवित्त वितीय संस्थाका शेयर धनीले कमाय ।

सबैभन्दा धेरै गुमाउनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका शेयर धनी रहेका छन् । रसुवागढीको शेयर मूल्य ९.७० प्रतिशतले घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी रसुवागढी हाइड्रोपावर रहेको छ । बिहीबार रसुवागढीको ९ करोड ७५ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here