पोखरा विमानस्थलबाट रात्रीकालिन उडान शुरु

काठमाडौं । पोखरा विमानस्थलबाट आजदेखि रात्रिकालिन उडान गर्न सकिने भएको छ । विमानस्थलले बुधबारदेखि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरी लागू गरेसँगै रात्रीकालिन उडान शुरु गर्न लागेको हो ।

हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स भिएफआर प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै आएको छ । अव आइएफआर प्रणाली जडान गरिने छ जुन पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षित छ । विमानस्थल रात्रिकालीन उडान भर्ने तथा अवतरण गाइने भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको समेत तयारी थालेका छन् ।

जसअनुसार बुद्धएयरले आगामी फागुन २५ देखि रात्रिकालीन उडानको तयारी गरेको बताईएको छ । बुद्धका चारवटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here