विमान परिचारिकामाथि दुर्व्यवहार गरेका नेपाल एयरलाइन्सको एक उडानका सबै पाइलटलाई उडानमा रोक

File

काठमार्डौं, १२ फागुन । एयर होस्टेसमाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगम (नेवानि) का पाइलटहरुलाई जहाज उडाउन रोक लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानिको उडान संख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको आरोप लागेको छ ।

यस विषयमा उजुरी परेपछि प्राधिकरणले पाइलटहरुलाई उडानमा रोक लगाएको छ । सो उडानका सबै सदस्यहरुलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारी गराएको छ । प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here