मनोहरामा अतिक्रमित घर-टहरा हटाउन ७ दिनको ‘अल्टिमेटम’

काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजना टेकुले गोरखापत्रमा सूचना जारी गर्दै आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन ७ दिनको समय दिएको छ।

‘अन्यथा आयोजनाबाटै हटाउँदा लागेको खर्च कानूनबमोजिन असुरउपर गरिने जानकारी गराइन्छ,’ आयोजनाले भनेको छ। आयोजना क्षेत्रभित्र स्वीकृत डिपिआरअनुसार सडक खोलेर स्वीकृत नक्साबमोजिम आयोजनाबाट विकसित घडेरीहरू सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिँदै आइएको पनि आयोजनाले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here