रेसुंगा विमानस्थलमा हुने नेपाल एयरलाइन्सको उडान शुक्रवारलाई सर्‍यो

काठमाडौं,१७ फागुन । रेसुंगा विमानस्थलमामा बुधवार हुने भनिएको नेपाल एयरलाइन्सको उडान शुक्रवारको लागि सरेको छ ।

निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण आजको उडान रोकिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए ।

शुक्रबार उडान हुने तयारी भइसकेको र सो परीक्षण अवतरणमा पाइलट, डिस्प्याचर, इन्जिनिय र प्राधिकरणका प्राविधिक मात्र सहभागी हुन पाउने उनले बताएका छन् । यो परीक्षणपश्चात गुल्मीमा नियमित उडान गर्ने गरी निगमले तयारी गरेको छ ।

विमानस्थलको शिलान्यास २०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले गरे पनि २०७२ सालपछि मात्र निर्माणको कामले निरन्तरता पाएको थियो ।

कुल १ सय ५६ रोपनी जग्गामा फैलिएको विमानस्थलको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग रहेको छ । काठमाडौं–गुल्मी एक घण्टाको उडान हुने छ । यहाँ १८ सिट क्षमताको ट्वीनअटर जहाज मात्र उड्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here