सातामा साढे ९ करोड कित्ता सेयर सूचीकृत, कारोबार रकम पाँच प्रतिशतले बढ्यो

काठमाडौं २५, साउन । यो साता सेयर बजारमा ९ करोड ४४ लाख २८ हजार ९ सय कित्ता सेयर कारोबार भएको छ । सो अवधिमा दुई जलविद्युत कम्पनीको प्राथमिक सेयर सूचीकृत भएका छन् ।

जसमध्ये रसुवागढी जलविद्युत कम्पनीको ६ करोड १५ लाख ७९ हजार ९ सय कित्ता प्राथमिक निष्काशन र सान्जेल जलविद्युत कम्पनीको ३ करोड २८ लाख ५० हजार कित्तँ सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यो साता बुधबार बाहेक सबै कारोबार दिनमा नेप्से घट्यो । यसकारण समग्र नेप्से परिसूचक १.६६ प्रतिशत विन्दुले ऋणात्मक रहयो ।

पुँजीगत लाभकर सम्बन्धी विवाद अझै टुङ्गिएको छैन । अर्थमन्त्रालयले विवाद मिलाउन धितोपत्र बोर्डलाई निर्देशन दिए पनि कानूनी अड्चन रहेकाले विवाद मिलाउन अप्ठेरो भएको बोर्डले बताउदै आएको छ । यसकारण बजारमा लगानीकर्ताले थप लगानी विस्तार गर्न नसकेको जानकारीहरु बताउँछन् ।

साताभर कारोबारमा आएकामध्ये कृषि विकास बैंक सबैभन्दा बढी कारोबार हुने कम्पनीको अग्रस्थानमा छ । यो कम्पनीको मात्र १७ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोस्रो स्थानमा नेपाल बैंक र तेस्रोमा रसुवागढी हाइड्रोपावर कम्पनी परेका छन् । साताभरको कारोबारमा ती कम्पनीको क्रमशः १६ करोड ३० लाख र ९ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी, चौथोमा एनसीसी बैंक, पाँचौमा प्रभु बैंक, छैठौंमा एनआईसी एसिया बैंक, सातौमा सान्जेल जलविद्युत कम्पनी र आठौमा शिवम् सिमेन्टको सेयर रहेको छ । यस्तै, नवौमा मुक्तिनाथ विकास बैंक र दशौमा नविल बैंक रहेको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here