नेप्सेमा सामान्य सुधार, रसुवागढी र सान्जेनकाे धेरै काराेबार

काठमाडौं, २७ साउन । केही दिनयता लगातार घट्दै आएको सेयरबजार मापक परिसूचक नेप्से सोमबार भने थोरै अंकले बढेको छ ।

सोमबार सेयर बजार मापक परिसूचक नेप्से ०.१३ अंकले घटेर १ हजार २ सय ३३.८५ अंकमा पुगेकाे हाे ।

आइतबार झण्डै ५ अंकले घटेको नेेप्से बिहीबार पनि ९.९२ अंकले घटेकाे थियाे ।

सोमबार होटेल, विकास बैंक, उत्पादन र सामूहिक लगानी कोषको सूचक बढेको छ भने बैंक, व्यापार, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र लघुवित्त समूहको सूचक घटेको छ ।

होटलको ०.३ प्रतिशतले बढेको छ त्यस्तै विकास बैंकको ०.२४, वित्तको ०.४५, उत्पादनको ०.२२ र सामुहिक लगानी कोषको ०.५४ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंकको ०.०५, व्यापारको २.३, जलविद्युतको ०.२५, निर्जीवन बीमाको ०.७९, अन्यको ०.३१, लघुवित्तको ०.०५ र जीवन बीमा समूहको ०.१७ अंकले घटेको छ ।

सोमबार १७१ कम्पनीको १८ लाख १५ हजार ९ सय १४ कित्ता सेयर किनबेच हुँदा ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबार सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावर कम्पनीको २ करोड ५६ लाख बराबरको सेयर किनबेच भयो । त्यस्तै दोस्रोमा सान्जेन जलविद्युतको १ करोड ४८ लाख बराबरको सेयर किनबेच भयो ।

सोमबार सबैभन्दा बढी नाडेप लघुवित्त वित्तीय संस्थाकाे सेयरधनीले कमाए । नाडेपकाे सेयर ९.८९ प्रतिशतले बढ्याे भने दाेस्राेमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सकाे सेयरमुल्य ९.०९ प्रतिशतले बढ्यो । त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा बिशाल बजार कम्पनीका सेयरधनी रहे । बिशालबजारको सेयर मुल्य ५.२६ प्रतिशतले घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here