दिल्ली विमानस्थलमा बमको हल्ला, ७० मिनेटसम्म रोकियो सेवा

नयाँ दिल्ली । बमको हल्ला चलेपछि भारतको राजधानी नयाँ दिल्लीस्थित इंदिरा गांधी अंतरराष्ट्रीय विमानस्थल प्रभावित भएको छ ।

सोमबार राती पौने ९ बजे विमानस्थलको टर्मीनल २ मा बम रहेको फोन अज्ञात समूहले दिएको थियो । त्यसपछि विमानस्थल बन्द गराएर सर्च शुरु भएको थियो ।

करीव ७० मिनेटसम्म विमानस्थल बन्द गरियो । तर, कुनै सही सूचना नभएको र बम फेला नपरेपछि विमानस्थल सूचारु गरिएको थियो ।

विमानस्थलको प्रस्थान टर्मीनल खाली गराएर खोजी कार्य जारी रहेको थियो । जहाजमा रहेका यात्रुलाई जहाज भित्रै राखिएको थियो ।

बम डिस्पोजल टोलीलाई परिचालन गरि बमको खोजी व्यापक बनाइएको थियो । टोलीले केंद्रीय औद्योगिक सुरक्षा बलको समेत सहयोग मागिरहेको थियो ।

जम्मु कश्मीरको मामिलालाई लिएर अहिले भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलहरु सबैभन्दा बढी सुरक्षा संवेदनशिल क्षेत्र हुन् ।

जहा कडा सुरक्षा व्यवस्था राखिएको छ । त्यसका वावजुत विमानस्थलमा बमको हल्ला फैलिएपछि भारतीय सुरक्षा अधिकारीहरुलाई झस्काएको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here