तोफूको सेवनबाट मिल्छ यस्ता आश्चर्यजनक फाइदा

तोफू अर्थात भटमासबाट बनेको सोयाबिनको पनीर जुन शाकाहारी मानिसहरुको लागि प्रोटीन प्राप्त गर्ने सबैभन्दा राम्रो खानेकुरा हो ।

हुन त पनीरमा पनि प्रोटीन पाईन्छ । तर, पनीरको तुलनामा तोफूमा धेरै प्रोटीन पाईन्छ । त्यकारण पनि तोफूको सेवन गर्नु स्वास्थ्को लागि राम्रो मानिन्छ ।

तोफूको सेवन गर्ने मानिसहरुलाई पनि यसको फाईदाको बारेमा धेरै कुरा थाहा नहुन सक्छ ।

तोफूको फाईदा निम्न छन्ः

१. तोफू सोयाबिन र दुधबाट बनेको हुन्छ । यसमा भरपुर मात्रामा क्याल्सियम र प्रोटीन पाईन्छ । साथै यो ग्लूटेन फ्रि पनि हुन्छ । यसमा क्यालोरी धेरै कम हुने कारण मोटोपनको सम्भावना कम हुन्छ ।

२. जो मानिसहरुलाई शुद्ध दुधसंग एलर्जी छ भने ती व्यक्तिहरुलाई तोफू एक विकल्प हुने गर्दछ । यति मात्रै नभएर आफ्नो तौल घटाउने प्रयास गरिरहेका मानिसहरुको लागि पनि यसले सहयोग गर्छ ।

३. तोफू कलेस्ट्रोल लेबल बढी भएका मानिसहरुको लागि पनि उपयुक्त मानिन्छ । यसमा कार्बोहाइट्रेड, फाइबर, म्यागनिज, क्याल्सियम, जिंक, कपर र फसफोरस धेरै मात्रामा पाईन्छ ।

यी सबै तत्वहरुले हड्डीलाई बलियो बनाउने काम गर्छन् । यसका साथै यसले सेलको विकासमा पनि सहयोग गर्दछ ।

४. तोफूले मुटुसम्बन्धी समस्याहरु पनि कम गर्ने गर्छ । तोफू खाएमा कोलेस्ट्रोलमा पनि सुधार आउछ ।

५. तोफूमा आइसोफ्लेवोनिस पाईन्छ । जसलाई विभिन्न प्रकारका क्यान्सरहरुबाट बचाउने तत्वको रुपमा मानिन्छ । नेशनल क्यान्सर इन्स्टिच्युटले सन् २०१२ मा गरेको अध्ययन अनुसार तोफूमा क्यान्सरको सम्भावना कम गर्ने तत्व पाईन्छ ।

यसका साथै तोफूले ब्रेस्ट क्यान्सर र फोक्सो क्यान्सरको सम्भावनालाई कम गर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here