२८ वाणिज्य बैंकले ओगटछन वित्तीय प्रणालीमा ६५ प्रतिशत हिस्सा, सहकारीको ८ प्रतिशत मात्र

काठमाडौं २८, साउन । सञ्चालनम रहेका २८ वाणिज्य बैंकले नेपालको वित्तीय प्रणालीमा आधाभन्दा बढी हिस्सा ओगटदै आएका छन् । सन् २०१८ को अध्ययन प्रतिवेदन अनुसार कुल वित्तीय प्रणालीमा वाणिज्य बैंकको हिस्सा ६४.२९ प्रतिशत छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्ष (सन् २०१७) कुल वित्तीय प्रणालीमा वाणिज्य बैंक समूहको हिस्सा ६४ प्रतिशत थियो । सन् २०१६ को तुलनामा गत वर्ष वाणिज्य बैंक समूहको हिस्सा ३.२८ प्रतिशत विन्दुले बढेको हो । सन् २०१६ मा यस्तो हिस्सा ६०.७२ र सन् २०१५ मा ४८.८ प्रतिशत थियो ।

नेपाली वित्तीय क्षेत्रमा सुरुदेखि नै वाणिज्य बैंक समूहले प्रभुत्व जमाउँदै आएको थियो । पछिल्लो दुई वर्षमा कुल वित्तीय क्षेत्रको आकारमा वाणिज्य बैंकको हिस्सा लगभग स्थिर हुनुले यही देखाउँछ ।

सन् २०१८ मा कुल वित्तीय प्रणालीमा सहकारी क्षेत्रको हिस्सा ८.०४ प्रतिशत छ । पछिल्ला चार वर्षको तथ्यांक हेर्दा सहकारीको हिस्सा निकै उतारचढावपूर्ण देखिन्छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार सन् २०१७ मा कुल वित्तीय प्रणालीमा सहकारीको हिस्सा ९.६८ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा यो १.०४ प्रतिशतले बढी हो । सन् २०१६ मा यस्तो हिस्सा १०.७२ प्रतिशत र सन् २०१५ मा ७.३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

यसैगरी, एउटा संस्था भएर पनि नेपाली वित्तीय प्रणालीमा कर्मचारी सञ्चय कोषको बलियो उपस्थिति रहँदै आएको छ । सन् २०१८ मा कुल वित्तीय प्रणालीमा कोषको हिस्सा ६.०५ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यस्तो हिस्सा केही घटेको हो । सन् २०१७ मा यस्तो हिस्सा ६.१४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

यस्तै, सन् २०१६ मा कोषको हिस्सा ६.२५ प्रतिशत र सन् २०१५ मा ५.४ प्रतिशत रहेको राष्ट्र बैंकलेजनाएको छ । योगदानका आधारमा वित्तीय प्रणालीमा वाणिज्य बैंक, बिमा, सहकारी र कर्मचारी सञ्चय कोष प्रमुख क्षेत्रका रूपमा देखिन्छ ।

यस्तै, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्तको योगदान केही कम छ । समग्र वित्तीय प्रणालीमा करिब २० प्रतिशत बढी हिस्सा राष्ट्र बैंकको मात्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here