गर्भावस्थामा महिलाहरुले कुन-कुन पेय पदार्थ सेवन गर्नुहुन्न ? थाहा पाइराखाैं

काठमाडाैं । गर्भावस्थाको समयमा महिलाहरुले आफ्नो स्वस्थ्यमा ध्यान दिन धेरै आवश्यक छ । यो अवस्थामा महिलाहरुले विशेषगरी खानपानमा धेरै विचार गर्नुपर्छ ।

गर्भवती महिलाहरुले स्वस्थ रहनको लागि पोषणयुक्त खानेकुरा खानुपर्छ र चिकित्सकहरुको सल्लाहमा के खान हुन्छ के खान हुन्न भनेर जानीराख्नुपर्छ ।

गर्भवती महिलाहरुले जे मन लाग्यो त्यो खाने गर्दा त्यसको असर बच्चामा पर्न जान्छ । त्यही भएर पोषक खानेकुराहरु मात्रै खाने कोशिश गर्नुपर्छ ।

गर्भावस्थामा महिलाहरुले पेयपदार्थहरु सेवन गर्दा पनि ध्यान दिनुपर्छ किनभने केही पेय पदार्थहरु यस्ता हुन्छन् जसले गर्भवती महिलाहरुको स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ ।

जानीराखौं गर्भावस्थामा कुन कुन पेयपदार्थको सेवन गर्नु हुदैनः

१. जमराको जूस
सामान्य अवस्थमा जमराको जूस मानिसहरुको लागि धेरै नै लाभदायक हुन्छ । यसमा एन्टीअक्सिडेन्ट हुन्छ जसले मानिसहरुको शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ र रगत सफा गर्छ । यसका अरु पनि धेरै फाइदाहरु छन् तर गर्भवती महिलाहरुलको लागि भने जमराको जुस हानीकारक हुन्छ ।

गर्भवती महिलाहरुले यसको सेवन गर्नु हुदैन । जमराको जूसमा धेरै मात्रामा शुक्ष्म जिवाणुहरु हुन्छ जुन शिशुहरुको स्वास्थ्यको लागि हानीकारक हुन सक्छ ।

२. डाइट कोक/सोडा

डाइट कोक र सोडा जस्ता कार्वोनेटेड पेय पदार्थमा क्याफिनको मात्रा धेरै हुन्छ साथै यस्ता पेयमा सुगरको मात्रा पनि धेरै हुन्छ । त्यसैले गर्भवती महिलाहरुले यस्ता पेयको नगरेकै राम्रो हुन्छ । गर्भवती महिलाले यसको सेवन गर्दा यसले शिशुको स्वास्थमा असर गर्न सक्छ ।

३. मदिरा

गर्भवती महिलाहरुले सेवन गर्नै नहुने अर्को पेय पदार्थ हो मदिरा । गर्भवती महिलाले मदिराको सेवन गरेमा पेटमा भएको बच्चामा त्यसले नराम्रो असर गर्छ । यसले बच्चाको दिमागमा पनि असर हुने र बर्थ डिफेक्ट जस्ता समस्या निम्तन सक्छ त्यसैले महिलाहरुले गर्भावस्थामा मदिराको सेवन नगरेकै राम्रो हुन्छ ।

४. ग्रीन टी

ग्रीन टी मा पनि क्याफिन हुन्छ जुन शिशुहरुको स्वास्थ्यको लागि हानीकारक हुन्छ । ग्रीन टी मा धेरै मात्रामा एन्टीअक्सिडेन्ट हुन्छ जुन शरीरको लागि लाभकारी हुन्छ तर, गर्भवती महिलाहरुले यसको सेवन गर्दा शिशुको स्वास्थ्यमा असर गर्न सक्छ । यसले गर्भवती महिलाहरुको रक्तचाप पनि कम गराउँछ जसले समस्या निम्त्याउन सक्छ ।

५. कफी

कफीमा धेरै मात्रा मा क्याफिन हुने गर्छ जसको सेवन गर्दा निद्रा लाग्दैन र तनाव उत्पन्न हुन्छ । त्यसैले महिलाहरुले गर्भावस्थामा कफी पिउनु खतरा हुन सक्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here