गोसाइकुण्ड मेलामा पुगेका एक जनाको लेक लागेर मृत्यु

रसुवा, ३० साउन, गोसाइकुण्ड मेला दर्शन गर्न पुगेका एक जनाको लेक लागेर मृत्यु भएको छ । रसुवा प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई काठमाडौं मुलपानी बस्ने २३ वर्षका दीपक थापाको लेक लागेर मृत्यु भएको हो ।

उनको गत राती निधन भएको प्रहरीले जनाएको छ । परिवारलाई जानकारी गराइएको र प्रहरी टोली घटनास्थलर्फ लागिसकेको प्रहरीले जानकारी गराएको छ ।

गोसाइकुण्ड स्थित नमस्ते होटेलमा बसेका थापा बिरामी भएपछि मेलाका लागि राखिएको स्वास्थ्य शिविरमा उपचारार्थ राखिएको थियो ।

तर, चिकित्सकले पौने तीन बजे उनलाई मृत घोषणा गरे । गोसाइकुण्ड मेलाको आज अन्तिम दिन हो । यहाँ नागपञ्चमीको दिनदेखि मेला शुरु भएको थियो ।

गोसाइकुण्ड मेला १० दिन सम्म संचालन हुन्छ । यसअघि अन्य दिन भने कुनै अप्रिय घटना भएको थिएन् । उचाईमा रहेका कारण यात्रामा लापरवाही गर्ने यात्रुलाई लेक लाग्ने समस्या हुन्छ ।

यस मौसममा एक साथ हजारौं मानिस पुग्ने भएकाले पनि गोसाइकुण्डमा अक्सिजनको कमीले धेरै यात्रु बिरामी पर्ने समस्यामा हन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here