बुटवल-पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

काठमाडौं । चैत २३ गतेदेखि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ।

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित रामापिथेकस पार्क नजिकै डाइभर्सन निर्माण गर्ने काम भइरहेकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको छ ।

जसले गर्दा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले बन्द गर्न लागिएको हो ।

बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, बाग्लुङलगायतका क्षेत्रको मुख्य मार्ग भएकाले लामो समय सडक बन्द हुँदा सेवाग्राहीले वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here