घट्यो हवाइ भाडा, कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं । वायुसेवा सञ्चालक संघले आजबाट लागू हुने गरी हवाइ भाडा घटाएको छ । हवाइ सेवाप्रदायकहरुले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै उडानको पनि भाडा घटाइएको जनाएका छन् ।

काठमाडौंबाट भद्रपुरको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ ,जनकपुरकको भाडा १३० रुपैयाँ र भरतपुरको १०५ रुपैयाँले घटेको छ ।

यता पोखराको १५५ रुपैयाँ ,काठमाडौंबाट धनगढीको उडानका लागि ४४० रुपैयाँ भाडा घटेको । यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ ।

अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here