कोका–कोलाको बिर्कोमा कार उपहार

काठमाडौं, ३० साउन । कोका–कोला नेपालले प्रोमोस्नल क्यामपेन ‘कोका–कोला क्यापमा कार अफर’ ल्याएको छ ।

कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी उपहार दिने अफर ल्याएको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनी लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् ।

लक्की ड्र हरेक दिन आयोजना गरिने र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्ने कम्पनीले बताएको छ ।

यस योजनामा सहभागी हुन उपभोक्ताहरुले बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ ।

उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि पठाइनेछ र त्यसपछि मात्र बम्पर लक्की ड्र का लागि पठाइने कम्पनीले बताएको छ ।

उपभोक्ताहरुलाई वैध पुष्टिकरण पठाइनेछ र विजेताहरुलाई पनि छिट्टै सूचित गरिने र उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नुपर्ने कम्पनीले जनाएको छ ।

यस योजना ३१ अगष्ट २०१९ सम्म मात्र मान्य हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here