अर्थमन्त्रीले भनेः सहुलियतपूर्ण कर्जा लिएका ६० हजार जनाको लिस्ट मलाई चाहियाे

काठमाडाैं, ३० साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण कर्जा लिएका सबैकाे लिस्ट आफूलाई चाहिने बताएका छन् ।

बिहीबार राजधानीमा चलिरहेकाे युवा उद्यमी सम्मेलनमा सम्बाेधन गर्दै उनले बैंक वित्तीय संस्थाले युवाहरूलाई सहुलियतपूर्ण कर्जा दिन आनाकानी गरेकाे भन्दै त्यसकाे सूची आफूलाई उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘बैंक वित्तीय संस्थाले १ प्रतिशत मात्रै सहुुलियतपूूर्ण कर्जा मागेका हुन । रु. ३० खर्बको १ प्रतिशत भनेको रु. ३० अर्ब हुन्छ । त्यो रु. ३० अर्ब ५ लाखको दरले बाँडे ६० हजार जनाले त्यो कर्जाको लाभ लिन सक्छन्’, उनले भने, ‘मलाई ६० हजार जनाको लिस्ट चाहिएको छ । म त्यसमा अनुुगमन गर्छु ।’

सरकारले व्यवस्था गरेकाे कार्यक्रमहरूमा बैंकहरूले असहयाेग गरेकाे भन्दै नैतिक दवावले नमाने हस्तक्षेप गर्ने चेतावनी समेत दिए ।

उनले भने, ‘बैंकहरुलाई मेरो अनुरोध छ सहुुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनुस । नैतिक दबाबले नपुुगे अरु दबाब पनि छन् । त्यो अपनाउन नपरोस । सरकार हस्तक्षेप गर्न चाँहदैन । बैंकलाई स्वतन्त्र रुपमा चल्न दिँदै गर्दा पनि सम्झाउनुु नै पर्ने रहेछ ।’

कृषि बाहेक स्वरोजगार कर्जा, शैक्षिक कर्जा, धितोकर्ता, महिला उद्यमी, भूकम्प लगायतका सहुलियतपुर्ण कर्जा कार्यक्रममा ऋण प्रवान नभएकाे उनले बताए ।

युवाहरूलाई उत्प्रेरित गर्दै उनले भने, ‘अब ५ प्रतिशत भन्दा कम व्याज तिरेर तपाईंले त्यो पैसा पाउन सक्नुहुन्छ । तपाईले सिड पुँजी र सुहुलियत ब्याजमा पैसा पाउनु हुने छ । यसले व्यवसाय अघि बढाउन सहयोग पुुग्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here