ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुल्यो

काठमाडौं । यातायात व्यवस्था विभागको ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन साँझ ५ बजेदेखि फेरि सुरु हुने भएको छ ।

विभागले एक सूचना प्रकाशित गर्दै आज साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।

विभागले सञ्चालन गरिरहेको ड्राइभिङ लाइसेन्स सम्बन्धी ईडीएलभीआरएस प्रणालीको डेटाबेस सर्भरमा समस्या आउँदा ५ दिनदेखि सेवा अवरुद्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here