फ्लाई दुबईका दुईजनालाई विमानस्थल प्रवेशमा रोक, प्रवेश पास निस्क्रिय

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले फ्लाई दुवईका दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।

प्राधिकरणले सामाजिक सञ्जालमार्फत् सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको आरोप लगाउँदै प्रवेश रोक लगाएको जनाकारी दिएको हो ।

फ्लाई दुवईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको जनाएको छ ।

फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए । तर, फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो । प्राधिकरणले भने भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here