पुरुषलाई पनि हुन सक्छ ब्रेस्ट क्यान्सर, कसरी गरीन्छ उपचार ?

धेरै मानिसहरुको सोच ब्रेस्ट क्यान्सर महिलामा मात्र हुन्छ भन्ने सोच हुन्छ । तर, यो सत्य भने होइन । पुरुषमा पनि स्तन क्यान्सरको सम्भावना उच्च हुन्छ ।

स्तन क्यान्सर यस्तो समस्या हो जसको कारण स्तनको आकार सामान्य भन्दा ठुलो हुने र स्तनमा कुनै प्रकारको गाँठागाँठी आउने गर्दछ ।

यसका साथै छातीको रंगमा पनि परिवर्तन हुने गर्छन् । यस्तोमा रातो रंग धेरै बढ्ने तथा विभिन्न प्रकारका धब्बाहरु बढ्ने जस्ता समस्याहरु हुने गर्दछ ।

पुरुषमा स्तन क्यान्सर किन र कसरी हुन्छ भन्ने कुराको बारेमा कुनै ठोस प्रकारका अध्ययनहरु भएका छैनन् । हालसम्म भएका केही अध्ययन अनुसार पुरुषमा स्तन क्यान्सरको सबैभन्दा मुख्य कारण वंशाणुगत गुण तथा हार्मोन हो ।

१. बढ्दो उमेर सबैभन्दा धेरै जोखीम

जब जब मानिसको उमेर बढ्दै जान्छ, त्यही मात्रामा स्तन क्यान्सर हुने सम्भावना पनि बढ्दै जान्छ ।

प्राय पुरुषहरु ७२ वर्षको उमेरमा स्तन क्यान्सरको उपचार प्राप्त गर्ने गर्छन् ।

२. मदिराको कारण पनि धेरै खतरा

यदि तपाईं सामान्य भन्दा धेरै मदिरा सेवन गर्नुहुन्छ भने तपाईंमा स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ । धेरै रक्सी सेवन गर्दा हाम्रो फोक्सोमा समस्या हुने गर्दछ जसको कारण हर्मोनले नकारात्मक रुपमा स्तनमा प्रभाव पर्ने गर्दछ ।

उदाहरणकाे रुपमा यदि तपाईंको शरीरमा एक्सट्रोजनको मात्रामा वृद्धि भएको छ भने क्यान्सरको सम्भावना धेरै हुन्छ ।

३. वंशाणुगत गुणको कारण पनि जोखिम

यदि तपाईंको परिवारका सदस्य मध्ये कसैलाई यस्तो समस्याहरु भएको छ वा थियो भने तपाईंमा पनि यस्तो समस्या देखा पर्ने सम्भावना धेरै हुन्छ ।

यसरी गरीन्छ उपचार

पुरुष स्तन क्यान्सरको लागि सबैभन्दा महत्वपुर्ण र जरुरी उपचार सर्जरी हो ।

यसको लागि रेडिएशन थेरापी वा किमोथेरापीको माध्यमबाट क्यान्सर कोषहरुलाई केही मात्रामा कमजोर बनाउन तथा त्यसलाई निराकरण गर्नको लागि पनि प्रयोग गरिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here