प्राधिकरणलाई ८० करोड नतिरेपछि हेल्लो नेपालको लाइसेन्स खारेज

काठमाडाैं, २ भदाै । नेपाल दूरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुरबापत तिर्नुपर्ने ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ समयमै नतिरेपछि हेल्लो नेपाल ब्राण्डमा दूरसञ्चार सेवा दिँदै आएको नेपाल स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज भएको छ ।

आइतबार बसेको प्राधिकरणको बोर्ड बैठकले भदौ १ गतेसम्म अन्तिम मिति रहेको नेपाल स्याटेलाईटको दूरसञ्चार सेवा प्रदान गर्ने अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।

नेपाल स्याटेलाइट कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने विभिन्न शिर्षकको बक्यौता तिर्न नसकेपछि उसको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले बताएको छ । उक्त कम्पनी उद्यमी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको छ ।

कम्पनीलाई प्राधिकरणले भदौ १ गते अर्थात आईतबार सम्मका लागि बक्यौता तिर्ने अन्तिम म्याद दिएको थियो ।

त्यस्तै अर्को कम्पनी स्मार्ट टेलिकमले भने केही पैसा तिर्दै बाँकी रकम ३ महिनाभित्र बुझाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्‍याउने सर्तमा नेपाल स्याटेलाइटले २०६४ फागुन ५ मा अनुमति पत्र पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here