दुर्गममा जहाज उडाउने पाइलटको उमेर हद ६० वर्ष, १ जनवरी देखि कायम

File

काठमाडौं । १ जनवरी २०२४ देखि दुर्गम भेगका साना विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर ६० वर्ष कायम गर्ने भएको छ ।

दुर्घटना जाँच आयोगले दुर्गम भेगमा जहाज उडाउने पाइलटका लागि ६० बर्ष उमेर हद तोकेको थियो ।

यसअघि यो उमेर सबै भेग र गन्तव्यमा ६५ वर्ष रहेको छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटनाबारे छानविन गर्न सरकारले गठन गरेको जाँच आयोगले सानो धावनमार्ग भएका स्टल विमानस्थलमा जहाज उडाउने पाइलटको अधिकतम उमेर सीमा ६० वर्षमा झार्न सिफारिस गरेको थियो ।

हाल ५० देखि ६० वर्षका उमेरका पाइलटले १र१ वर्षमा र ६० देखि माथिकाले ६ महिनमा मेडिकल रिपोर्ट बुझाउनु पर्ने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here