यी हुन् वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तीम ६ प्रतिस्पर्धी

काठमाडौं, २ भदौ । ‘वाई वाई ग्लोकल टिन हिरो २०१९’ को लागि छनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ ।

ग्लोकन टिन हिरो २०१९ को लागि देशभरबाट ५ सय ८९ जना किशोर किशोरीले आवेदन दिएका थिए ।

आवेदकहरुले विभिन्न विधा जस्तै सामाजिक कार्य देखि पत्रकारिता, रोबोटिक्स देखि कम्प्युटर प्रोग्रम्मिंग , उद्यमशिलता देखि सामाजिक विकासका लागि आफ्नो सिप र विशेषज्ञतालाई प्रस्तुत गर्दै समाजमा राम्रो प्रभाब पर्ने काम गरेको आयोजकले जानकारी दिएको छ ।

को को छानिए टप ६ मा

१. विधी मण्डल, जनकपुर

२. बिक्रम पराजुली, पोखरा

३. लव पन्थी, रुपन्देही

४. रचिन कालाखेती, मकवानपुर

५. समिर फुयाल, मोरङ

६. सुप्रिया महर्जन

प्रतिस्पर्धीको बायोडाटा, काम, त्यसले समुदायमा पारेको प्रभाब आ्िद मध्यमबाट उत्कृस्ट ६ को छनोट गरिएको जूरीले बताएको छ ।

यस वर्षका उत्कृसष्ट ६ जना मध्येबाट भोटिंग र कार्यक्रमको दिन जुरीहरुद्वारा लिइने अन्तरवार्ताको आधारमा वाई वाई ग्लोकल टिन हिरो घोषणा हुने बताइएको छ ।