चेम्बर अफ कमर्श र मेडिसिटी हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं, ३ भदाै । नेपाल चेम्बर अफ कमर्श र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा एक सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चेम्बरकातर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट अध्यक्ष डा. उपेन्द्र महतोले सोमबार एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीपत्रमा दुबै पक्षले संयुक्त रुपमा व्यावसायीक उत्तरदायित्व सहितको कार्यक्रम गर्ने, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, सदस्य, वस्तुगत, आबद्ध, द्विराष्ट्रिय, जिल्ला, नगर चेम्बर अफ कमर्शका सदस्य र चेम्बरसँग आबद्ध व्यक्तिहरुलाई मेडिसिटी हस्पिटलले सहुलियतपूर्ण दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ ।

सो अवसरमाआफ्नो धारणा राख्दै मेडिसिटी हस्पिटलका अध्यक्ष डा. महतोले मेडिसिटि एक अभियानको रुपमा स्थापित भएकाले यसमा सबैको सहयोग अपेक्षित रहेको बताए ।

चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्बरले मेडिसिटीसँग सहकार्य गर्न समझदारी गरेको स्वास्थ्य क्षेत्रमा पहिलो समझदारी पत्रभएको हुनाले यो शुभारम्भबाट स्वास्थ्य सेवाबाट चेम्बरका सदस्य एंव आबद्ध सबै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here