फेरि ओरालो लाग्यो शेयर बजार, नेप्से साढे ८ अंकले घट्दा २७ करोडको कारोबार

काठमाडौं, ३ भदौ । सोमवार सुधार देखिएको नेप्से परिसूचक मंगलवार ८.४३ अंकले घटेर १ हजार २ सय १३.६३ अंकमा झरेको छ ।

कारोबारमा आएका समुहहरु मध्ये ट्रेडिङ र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

मंगलवार सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.२५ अंकले घट्दा जीवन बिमाको ०.९८ प्रतिशत, लघुवित्त समुहको ०.८६ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार १ सय ६५ कम्पनीको ११ लाख ७३ हजार ५ सय १० कित्ता शेयर किनबेच हुँदा २७ करोड २५ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै विशाल बजार कम्पनीका शेयर धनीले कमाए । विशाल बजारको शेयर मूल्य ५.६२ प्रतिशतले बढ्यो । त्यस्तै, ग्रीन डेभलभमेन्ट बैंकको ३.७७ प्रतिशत, साङ्ग्रीला डेभलभमेन्ट बैंकको ३.४७ प्रतिशतले बढ्यो भने अन्यको भने सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पेन्टका शेयर धनी रहेका छन् । पाँचथर पावरको शेयर मूल्य ९.५६ प्रतिशतले घट्यो । त्यस्तै, दिव्याश्वरी हाइड्रोपावरको ५ प्रतिशत, हिमालयन पावर पार्टनरको ४.९३ प्रतिशतले घट्यो भने अन्यको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोवार सोल्टी होटलले गर्यो । सोल्टी होटलले ४ करोड ३५ लाख ८४ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here