ओपो र बार्सिलोनाबीचकाे पार्टनरसिप नविकरण, एफसीबार्सिलोना रेनो १०एक्स सार्वजनिक

काठमाडौं, ३ भदौ । स्मार्टफोन ब्राण्ड ओपोले एफसीबार्सिलोनासंग आफ्नो तीनबर्षिय पार्टनरसिप नविकरण गरेको छ ।

उक्त अवसरमा कम्पनीले लिमिटेड एडिसन एफसीबार्सिलोना रेनो १०एक्स जुम सिरिज पनि बार्सिलोनामा सार्वजनिक गरेको छ ।

नविकरणसँगै चिनिँया स्मार्टफोन निर्माता कम्पनी र यूरोपेली फुटबल क्लब बीचभएका सहकार्य मध्यकै सर्वाधिक लामो चार बर्षिय गठबन्धनलाई पूनःनिरन्तरता मिलेको कम्पनीले बताएको छ ।

‘बार्सिलोनासँगको सहकार्य अझ अघि बढाउन पाउँदा हामी गौरवान्वित छौँ । यो सहकार्यले दुबैको परिचयलाई अझै प्रष्ट्याउन सघाएको छ’, ओपोका ओभरसिज बिजनेस अध्यक्ष तथा ग्लोबल उपाध्यक्ष एलेन वुले भने, ‘बजार विस्तार संगै ओपोका लागि स्पेन र यूरोपेलीबजार अभिन्न क्षेत्रका रुपमा स्थापित भइसकेको छ । आफ्नो दरिलो उपस्थितीका लागि उपभोक्ता सँग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने आवश्यकताबारे पनि हामी विशेष सचेत छौँ ।’

नविकरण गरिएको पार्टनरशिपमा ईन–स्टेडियम सिग्नेज, ट्रेनिङ क्याम्प्स, फ्यानहरुका लागि वर्कशप, रचनात्मक अनलाइन र अफलाइन फ्यान इन्गेजमेन्ट क्रियाकलाप लगायत समाविष्ट छन् । अध्यावधिक गरिएको यो सहकार्यले ओपो–एफसीबार्सिलोनाको कथामा नयाँ अध्यायको थालनी गर्नेछ ।

पार्टनरशिपमा समावेश यी कुराहरुले बार्सा फ्यानलाई क्लब र ओपोका उत्पादनको नजिकल्याउँदै समुदायलाई अझ सुदृद्ध बनाउन प्रेरणा प्रदानगर्ने तथा प्याशन, रचनात्मकता, नवप्रबर्तन र उत्कृष्टता प्रतिको हाम्रोमान्यतामा अडिग रहन समेत सघाउ पुग्ने ओपोका ग्लोबल मार्केटिङ डिरेक्टर डेरेक सनले बताए ।

विश्वकै पाँचौ ठूलो स्मार्टफोन ब्राण्डका रुपमा ओपो अहिले ग्लोबल बजारका ४० भन्दा बढी देशमा सञ्चालित छ । कम्पनीको अभिन्न ओभरसिज ब्राण्डिङ रणनीतिक तत्वका रुपमा रहेको यो सहकार्य मार्फत ओपो अहिले विश्वभरका २० करोड भन्दा बढी बारका फ्यानहरु सम्म पहुँच बनाउन सफल रहँदै आएको कम्पनीले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here