हवाई यात्रामा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने झन्झट हट्यो

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । साथै, अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट पनि हटेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो ।

यो नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नुपर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नु पर्ने छैन । तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोकेअनुसारका कागजात बोक्नुपर्नेछ ।

विश्व स्वास्थ्य संकठनले ५ मे २०२३ मा एक सिफारिस जारी गरी कोभिड-१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here